१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र ।
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ २ मंगलबार ०६:५५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मेलम्ची खानेपानी वितरण ५ जेठदेखि दुई साता बन्द हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ २ मंगलबार ०६:५५:००

मेलम्ची खानेपानी वितरण यही ५ जेठदेखि बन्द हुने भएको छ । मर्मतका लागि सोमबारदेखि दुई साता बन्द गर्ने भनिए पनि सरोकारवालाहरूको सुझावअनुसार ५ जेठपछि मात्रै मर्मत सुरु गरिन लागेको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार दुई साताजतिमा मर्मत सम्पन्न भएपछि पुनः पानी वितरण हुनेछ । हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मत–सम्भार गर्नुपर्ने भएकाले दुई साताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाले जानाएको छ । सामान्य बाढी आएका बेला पनि आयोजना सञ्चालन गर्ने गरी थप उपकरण जडान तथा मर्मत–सम्भार गर्न लागिएको हो ।