अब काठमाडौंमा अनलाइनबाटै भवन नक्सापास

सोमबार, १ जेठ, २०८०
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकामा अब अनलाइनबाटै भवन नक्सापास गर्न सकिने भएको छ।

नक्सा स्वीकृति प्रक्रियाका लागि दर्खास्त फारम भर्नुपर्ने, कार्यालय जानुपर्ने, हार्डकपी बुझाउनुपर्नेजस्ता परम्परागत शैली बन्द गरेको महानगरले जनाएको छ। महानगरले १ जेठबाट लागू हुने गरी ३१ वैशाखमा नगर प्रमुखस्तरीय निर्णयबाट कागजरहित सेवा सुरु गरेको हो।

यसका लागि इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (इबिपिएस) प्रणाली अद्यावधिक गरिएको छ। यो प्रणाली भवन नक्सापास गर्ने कामलाई व्यवस्थित बनाउने अनलाइन प्रणाली हो।

सुझावित समाचार