१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
रासस बागलुङ
Invalid date format १७:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दब्ल्याङमा पहिरो : बाग्लुङ–कुस्मिसेरा सडक अवरुद्ध

Read Time : < 1 मिनेट
रासस, बागलुङ
नयाँ पत्रिका
Invalid date format १७:३१:oo

वर्षापछि आएको बाढी र पहिरोका कारण बाग्लुङ–कुस्मिसेरा सडक बन्द भएको छ। बाग्लुङ नगरपालिका–१० भकुन्डेको दब्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बाग्लुङ–कुस्मिसेरा सडक बन्द भएको हो।

आज दिउँसोदेखि सुरु भएको वर्षासँगै दब्ल्याङमा पहिरो खसेको छ। तीन वर्षअघिदेखि सुरु भएको पहिरोले हिउँदमा सामान्य वर्षा हुँदासमेत सडक बन्द हुने गरेको थियो। आजको वर्षापछि पहिराले उक्त सडक अवरुद्ध भएको वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर खड्काले जानकारी दिए।

सदरमुकाम बाग्लुङ बजारदेखि बाग्लुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका चल्ने सवारी सडक अवरुद्ध हुँदा मर्कामा परेका छन्। सडक अवरुद्ध भएपछि निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बाटो हुँदै गन्तव्यमा पुग्न सवारीसधानहरूले प्रयास गरिरहेका छन्।

‘पहिरो अहिले नै हटाउन सम्भव नभएको बाग्लुङ नगरपालिकाले बताएको छ,’ खड्काले भने, ‘भोलि दिउँसोको समयमा मात्रै पहिरो पन्छाउने काम हुनेछ।’