१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १३:५८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

अग्नि–वसुन्धरा रारा गोल्डकपको उपाधि सहलेश युवा क्लबलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:५८:oo

धनकुटाको चौबिसे राजारानीमा सञ्चालित १०औँ अग्नि–वसुन्धरा रारा गोल्डकपको उपाधि सिराहाको सहलेश युवा क्लबले जितेको छ। फाइनलमा धनकुटाको डाँडाबजार फुटबल क्लबलाई ४–१ गोलअन्तरले पराजित गर्दै सिराहाले उपाधि जितेको हो।

सहलेशलाई उपाधि दिलाउन फागुराम थारूले दुई र समीर तामाङले एक गोल गरे। डाँडाबजारका खेलाडीले आत्मघाती गोल गर्दा सिराहालाई थप मद्दत पुगेको थियो। डाँडाबजारका लागि नीरज थापामगरले पेनाल्टीमार्फत सान्त्वना गोल गरे। उपाधिसँगै सिराहाले नगद तीन लाख प्राप्त गरेको छ भने उपविजेता डाँडाबजार धनकुटाले एक लाख ५० हजारमा चित्त बुझाएको छ।

सिराहाका फागुराम थारू प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। प्रतियोगिताभरि चार गोल गर्न सफल थारू सर्वाधिक गोलकर्ता पनि बने। फाइनल खेलको म्यान अफ दी म्याच सिराहाका समित तामाङ घोषित भए। सिराहाकै निश्चल मोक्तान उत्कृष्ट गोलरक्षक बने। आयोजक रारा फुटबल क्लबका अर्जुन लिम्बूलाई उदीयमान खेलाडी घोषित गरियो।