१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १७:४८:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मधेस प्रदेशस्तरीय मेयरकप तेक्वादो प्रतियोगितामा पर्सा जिल्ला टिम च्याम्पियन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:४८:oo

मधेस प्रदेशस्तरीय मेयरकप तेक्वादो प्रतियोगितामा पर्सा जिल्ला टिम च्याम्पियन भएको छ। नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति रौतहटको आयोजना तथा चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा चन्द्रनिगाहपुरमा तीन दिनसम्म चलेको प्रतियोगितामा मधेस प्रदेशका ८ वटै जिल्लाका खेलाडीहरूको सहभागिता रहेको थियो।

प्रतियोगितामा पुरुषतर्फको २३ देखि २५ केजी तौल समूहमा बाराका समिक गौतमले प्रथम स्थान हासिल गरे। ३० देखि ३३ किलो तौल समूहमा बाराकै श्रवण धामी, ३४ देखि ३७ किलो तौल समूहमा महोत्तरीका विवेक मगर, ३७ देखि ४० किलो तौल समूहमा रौतहटका नदिम हुसेन, ४० देखि ५३ किलो समूहमा पर्साका सिद्धार्थ प्रजापति पहिलो भए।

यसैगरी, ४४ देखि ४८ किलो तौल समूहमा पर्साका निश्चल धामी, ४८ देखि ५१ किलो तौल समूहमा धनुषाका अहमद अमेरु नदाप, ५१ देखि ५४ किलो तौल समूहमा पर्साका अफताब आलम, ५४ देखि ५८ किलो तौल समूहमा रौतहटका करण साह बनियाँ तथा  ५८ देखि ६३ किलो तौल समूहमा पर्साका प्रदीप तिवारीले प्रथम स्थान हासिल गरे।

महिलातर्फ २५ देखि २८ किलो तौल समूहमा बाराकी जस्मिन थापामगर, ३० देखि ३३ किलो तौल समूहमा महोत्तरीकी बिसिका केसी, ३४ देखि ३७ किलो तौल समूहमा पर्साकी सन्जु सापकोटा, ३८ देखि ४० किलो तौल समूहमा धनुषाकी खुसी ठाकुर र ४० देखि ४३ किलो तौल समूहमा सिराहाकी सलिना यादव प्रथम भइन्। 

यसैगरी, ४३ देखि ४६ किलो तौल समूहमा बाराकी एलिसा अर्याल, ४६ देखि ४९ किलो तौल समूहमा रौतहटकी मनीषा वाइबा, ४९ देखि ५३ किलो तौल समूहमा महोत्तरीकी बबिता बर्मा, ५३ देखि ५७ किलो तौल समूहमा पर्साकी पुस्पा राखल मगर तथा ५७ देखि ६२ किलो तौल समूहमा सर्लाहीकी सलिना थापाले पहिलो स्थान हासिल गरे।

प्रतियोगितामा उत्कृष्ट हुने महिला खेलाडी मनिषा वाइबा र पुरुषतर्फ करण साह बनियाँलाई नगद पाँच– पाँच हजार प्रदान गरिएको छ। टिम प्रथम हुने पर्सा, दोस्रो हुने रौतहट र तेस्रो हुने महोत्तरी जिल्लालाई चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए।