१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
रासस काठमाडौं
Invalid date format १४:२८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नौ महिनामा छ लाखले लिए श्रम स्वीकृति, विप्रेषण २४ प्रतिशत वृद्धि

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२८:oo

चालू आर्थिक वर्षको नौ महिनामा छ लाख नेपालीले श्रम स्वीकृति लिएका छन्। गत साउनयता पाँच लाख ४८ हजार ६६४ पुरुष र ५३ हजार ४८९ महिला गरी कुल छ लाख दुई हजार १५३ जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ। यो नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिनेको संख्या हो।

प्रत्येक दिन दुई हजार बढीले श्रम स्वीकृति लिने गरेका छन्। गत साउन महिनामा ६३ हजार ३९, भदौमा ७६ हजार चार सय तीन, असोजमा ६२ हजार सात सय छ, कात्तिकमा ७८ हजार तीन सय ७०, मंसिरमा ६८ हजार पाँच सय ६४, पुसमा ६५ हजार चार सय ६४, माघमा ६४ हजार दुई सय ८४, फागुनमा ६१ हजार आठ सय ४५ र चैत महिनामा ६१ हजार चार सय ७८ जनाले श्रम स्वीकृति लिएका विभागको तथ्यांक छ।

सबैभन्दा बढी मलेसिया, साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्स (युएई)का लागि श्रम स्वीकृति जारी भएको छ। गत वर्षको सोही अवधिको तुलनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशत र पुनः श्रम स्वीकृति लिनेको संख्या ५.५ प्रतिशतले वृद्धि भएको छ।

चैतसम्म तीन लाख ८७ हजार आठ सय ३९ जनाले नयाँ संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति र दुई लाख १७ हजार नौ सय ५९ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।

वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै विप्रेषण आप्रवाहमा पनि सुधार देखिएको छ। चालू आवको नौ महिनामा रु नौ खर्ब तीन अर्ब ३९ करोड विप्रेषण भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २४.२ प्रतिशतले बढी हो।