मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०८० बैशाख २९ शुक्रबार २१:१५:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

बस चढेर काठमाडौँ, जहाज चढेर घर

Read Time : > 1 मिनेट
२०८० बैशाख २९ शुक्रबार २१:१५:००

बिरामी परेपछि गुल्मी दरबार– २ का ७२ वर्षीय भोजबहादुर भुसालका दम्पती बस चढेर काठमाडौं गए । उसै पनि वृद्ध शरीर, त्यसमाथि बिरामी ज्यान । अझ, काठमाडौं पुग्न झन्डै झन्डै लाग्ने २४ घण्टाको लामो कष्टकर यात्राले दुवै गलित थिए । 

त्यसबीच उनीहरूले उपचारका लागि काठमाडौंमा डेढ महिना बिताए । निको भएर घर फर्कनुपर्ने दिन आउन थालेपछि डेढ महिनाअघिको त्यही सास्ती सम्झिएर उनीहरू झस्किन थाले । तर, यी जेष्ठ दम्पत्तीले घर फर्कन सास्ती व्यहोर्नु परेन । 
रेसुंगा विमानस्थलमा शुक्रबारदेखि नेपाल एयरलाइन्सले सुरु गरेको व्यावसायिक उडानबाट उनीहरू उत्साही हुँदै रेसुंगा विमानस्थल ओर्लिए ।

त्यही जहाजको पहिलो टिकट लिएका रेसुंगा नगरपालिका– १ का अखिलेश्वरप्रसाद पाण्डेयले लामो सयमको चाहना पूरा भएको भन्दै खुसी व्यक्त गरे । इस्मा गाउँपालिका– ५ की गीता ज्ञवाली पनि त्यही विमान चढेर रेसुंगा ओलिएकी थिइन् । 

उनले पनि आफ्नै जिल्लामा जहाज चढेर आउन पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिइन् । रेसुंगा नगरपालिका– ४ का धनिश्वर गौतम जहाजबाट बिरामी आमा लिएर रेसुंगा विमानस्थल उत्रिए । उनले पनि यात्रा निकै सहज भएको प्रतिक्रिया दिए । 

रेसुंगा विमानस्थलमा नेपाल एयरलायन्सले प्रत्येक मंगलबार र शुक्रबार उडान भर्ने योजना बनाएको छ । शुक्रबार बिहान काठमाडौंबाट साढे ६ बजे उडेको जहाज करिव ५० मिनेटमा अवतरण गरेको थियो । 

रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले पहिलो व्यावसायिक उडान भरेर रेसुंगा बिमानस्थल आउने यात्रुहरूलाई स्वागत गरेका थिए ।

जहाज यताका यात्रु लिएर शुक्रबारै काठमाडौं फर्किएको छ । चार दशकदेखिको जहाज चढ्ने सपना पूरा भएपछि जिल्लाबासी उत्साहित भएका छन् । 

गुल्मीको सिमिचौरमा निर्माण भएको रेसुंगा विमानस्थलमा नेपाल एयरलायन्सको जहाजले १५ वैशाख ०८० मा परीक्षण उठान गरेको थियो । त्यसअघि २४ पुस ०७९ मा ‘प्रुभिङ फ्लाइट’ र त्यसभन्दा निकै अघि २५ जेठ ०७५ मा तारा एयरले कच्ची धावनमार्गमा सफलतापूर्वक परीक्षण उडान गरेको थियो ।