Skip This
विमान खरिद योजना अघि बढाउन उपसमिति गठन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २८ बिहीबार
  • Friday, 19 July, 2024
रासस काठमाडौं
२o८o बैशाख २८ बिहीबार १५:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

विमान खरिद योजना अघि बढाउन उपसमिति गठन

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २८ बिहीबार १५:२o:oo

नेपाल वायुसेवा निगमले दुईवटा विमान खरिद गर्नका लागि योजना अघि बढाउन उपसमिति गठन गरेको छ।

प्रादेशिक रूपमा हवाई ‘कनेक्टिभिटी’ बढाउने उद्देश्यले सहरी क्षेत्रका विमानस्थलमा उडान भर्न सक्ने दुईवटा जहाज खरिद गर्ने कार्य योजना अघि बढाएको हो।

यसका लागि वैशाख २६ मा बसेको निगमको सञ्चालक समितिको बैठकले समिति सदस्य वरिष्ठ क्याप्टेन सुधीरशमशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको छ। उक्त उपसमितिले २१ कार्यदिनभित्र प्रतिवेदन बुझाउने गरी काम सुरु गरिसकेको छ।

‘सहरी क्षेत्रका विमानस्थलमा चल्ने जहाज नभएकाले निगमले हाल सहरी एवं व्यापारिक हिसाबले फाइदाजनक क्षेत्रमा उडान भर्न सकेको छैन,’ निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निगमले दुईवटा जहाज खरिद गरेपश्चात् काठमाडौं, विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज, धनगढीलगायतका क्षेत्रबाट प्रादेशिक उडान भर्न सक्नेछ।’

ad
ad
ad
ad