१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:१५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बागलुङ नगरका ९३ प्रतिशत योजना सम्झौता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:१५:oo

बागलुङको बागलुङ नगरपालिकामा ९३ प्रतिशत योजना सम्झौता भएका छन्। चालू आर्थिक वर्षको वैशाखसम्म नगरपालिकाभित्रका ९३ प्रतिशत योजना सम्झौता भई कार्यान्वयको पक्षमा रहेका छन्।

आर्थिक वर्ष ०७९–८० मा भौतिक पूर्वाधारतर्फ नगरपालिकामा कुल ६ सय ६० योजना थिए, जसअन्तर्गत ६ सय नाै योजना सम्झौता भई कार्यान्वयनको पक्षमा रहेको नगरपालिकाले जनाएको छ। सम्झौता भएका योजनामध्ये झन्डै ५५ प्रतिशत अर्थात् तीन सय ३० योजना सम्पन्न भइसकेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए। नगरपालिकामा तीन सय ३० योजना कार्यान्वयन हुन बाँकी छन्, जसमा ५१ वटा योजना सम्झौता नै हुन सकेका छैनन्।

नगरपालिकाले गत साउनदेखि नै वडा तहमा योजना सम्झौता गरेर कार्यान्वयनको पक्षलाई अगाडि बढाएको थियो। मंसिर मसान्तभित्र सम्झौता भएका योजना मात्र अहिले कार्यान्वयनको पक्षमा रहेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले आर्थिक विकासतर्फ  कृषि विकासमा जम्मा ६६.६६ प्रतिशत योजना सम्झौता गरेको छ। जसमा २२.७२ प्रतिशत योजना सम्पन्न भएका छन्। कुल ३३ वटा योजनामा पाँचवटा मात्र सम्पन्न भएको नगरपालिकाले जनाएको छ। नगरपालिकाको पशु विकासतर्फ १८ वटा योजनामा ६ वटा, उद्यम विकासतर्फ नाैवटा योजनामा चारवटा र सहकारीतर्फ ६ वटा योजनामा चारवटा सम्पन्न भएका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले जानकारी दिए।

सामाजिक विकासतर्फ शिक्षामा ३४ वटा योजनामा २५ वटा सम्पन्न भएका छन् भने स्वास्थ्यतर्फ ३१ वटा योजनामा १४ वटा र महिला तथा बालबालिका ज्येष्ठ नागरिकमा १५ वटा योजनामध्ये तीनवटा सम्पन्न भएका छन्। नगरपालिकामा आयुर्वेदमा भने शतप्रतिशत प्रगति भएको प्रमुख प्रशासकीय अधिकृत कँडेलले जानकारी दिए।

वित्तीय प्रगतीतर्फ कुल एक अर्ब ५८ करोड ३१ लाख ८४ हजार ६ सय ४७ रुपैयाँ बजेटमा हालसम्म एक अर्ब २५ करोड ६३ लाख २२ हजार नाे सय १७ रुपैयाँ निकासा भएको छ भने ९० करोड ९२ लाख ९७ हजार चार सय २१ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ। कुल बजेटको चालूतर्फ ६७.१८, पुँजीगततर्फ ४७.११ र वित्तीयतर्फ ५५.४० प्रतिशत बजेट खर्च भएको कँडेलले जानकारी दिए ।

सम्झौता भएर निर्माणाधीन अवस्थामा रहेका र सम्पन्न भएका योजनाको गुणस्तरीयता एवं दिगोपन प्रभावकारीका लागि नगर उपप्रमुख राजु खड्काको नेतृत्वमा अनुगमनलाई सक्रिय बनाइएको छ। बागलुङ विकासमा चौतर्फी चासो र चिन्ता छ, त्यसकारण नगरको विकासमा कुनै पनि कसुर बाँकी नराख्ने गरी अल्पकालीन र दीर्घकालीन योजनाका साथ नगरपालिका अगाडि बढेको जनाइएको छ। पत्रकार सम्मेलनमार्फत नगरपालिकामा भएका गतिविधिबारे सार्वजनिक गरिएको थियो।