१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १२:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगु अपडेट : १० फिट गहिराे हिउँ जमेपछि बेपत्ताको खोजीकार्य प्रभावित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:५६:oo

अत्यधिक हिमपातका कारण मुगुम कार्मारोङ गाउँपालिका–१ र २ मा पर्ने च्याँखुलेकमा हिमपहिरोमा परी बेपत्ता भएका तीनजनाको खोजी गर्न समस्या भएको छ।

सो क्षेत्रमा १० फिटभन्दा बढी हिउँ जमेकाले उनीहरूको खोजी हुन सकेको छैन।

यही वैशाख २२ गते च्याँखुलेकमा हिमपहिरोमा परी यार्सागुम्बा संकलन गर्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय बीर बोहोरा बेपत्ता छन्। 

उनीहरूको खोजीमा मंगलबारदेखि सुरक्षाकर्मी लागि परे पनि बाक्लो हिउँ जमेकाले समस्या भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर बस्नेतले जानकारी दिए।

नेपाली सेनाको हेलिकोप्टरमार्फत वैशाख २४ गते बेपत्ताको खोजीका लागि सुरक्षाकर्मीसहित २३ जनालाई घटनास्थलमा पठाएको थियो।

सुरक्षाकर्मीले घटनास्थलभन्दा चार घण्टा तल बेँसीमा रहेको छापाखोलामा क्याप राखी बेपत्ताको खाजी गर्दै आएको छ। घटनास्थलसम्म सुरक्षाकर्मी पुग्न भने सकेका छैनन्।

आज पुनः उनीहरूको खोजी गरिने प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। ‘डोरी र लठ्ठीको सहाराले बेपत्ताको खोजी भइरहेको छ, बाक्लो हिउँ छ, त्यसमाथि हिउँ लगातार परिरहेको छ,’ उनले भने।