
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले बाराको सिमरामा रहेको पाँचतारे होटेल इच्छा प्रालिमा छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई विशेष छुट दिने विषयमा बैंक र होटेलबीच समझदारी भएको हो ।
समझदारीपत्रअनुसार सिटिजन्स बैंकका कार्डवाहकले होटेल इच्छामा १० प्रतिशतसम्म छुट पाउने जनाइएको छ । यो सहकार्यबाट आफ्ना ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले विश्वास व्यक्त गरेको छ ।
हाल बैंकले देशभरमा एक सय ८२ शाखा, एक सय ३९ एटिएम, तीन विस्तार काउन्टर र ९७ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको जनाएको छ ।
अन्नपूर्ण केबलकारमा छुट
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले पोखराको अन्नपूर्ण केबलकारमा छुट पाउने भएका छन् । बैंक र अन्नपूर्ण केबलकार प्रालिबीच बैंकका कार्डवाहक ग्राहकलाई विशेष छुट दिने समझदारी भएको हो ।
समझदारीअनुसार बैंकका कार्डवाहकले अन्नपूर्ण केबलकारमा २५ प्रतिशतसम्मको छुट पाउने जनाइएको छ । साथै, पोखराका सिटिजन्स बैंकका शाखाहरूमा नयाँ खाता खोल्ने ग्राहकका लागि अन्नपूर्ण केबलकारको टिकट निःशुल्क उपलब्ध हुने उल्लेख छ ।