१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २६ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २६ मंगलबार २१:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

टोपबहादुर रायमाझीले अनुसन्धानमा सघाउनुपर्ने एमालेको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २६ मंगलबार २१:३६:oo

एमालेले भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने नाममा भएको ठगी प्रकरणमा जोडिएका सचिव टोपबहादुर रायमाझीले कानुनअनुसार अनुसन्धानमा सघाउनुपर्ने निर्णय गरेको छ । 

आज बसेको सचिवालय बैठकले सचिव रायमाझीले विधि र कानुनसम्मत घटनालाई अनुसन्धान गर्न सघाउनुपर्ने निर्णय गरेको हो । 

रायमाझीलाई कारबाही गर्ने विषयमा भने छलफल नभएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनले अहिले अनुसन्धान चलिरहेको र  अहिले नै दोषी देखिइनसकेकाले यस्ता कुरामा हतार गरेर नहुने बताए ।