Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १८ बिहीबार
  • Thursday, 05 October, 2023
२०८० बैशाख २६ मंगलबार १९:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दमकमा प्रहरी र पहिचान पक्षधरबीच झडप, स्थिति तनावग्रस्त

Read Time : < 1 मिनेट
२०८० बैशाख २६ मंगलबार १९:२६:००

कोसी नाम खारेजीको माग गर्दै आन्दोलनरत पहिचान पक्षधर र प्रहरीबीच झापाको दमकमा झडप भएको छ। 

पहिचान पक्षधरले निकालेको राँकेजुलुस प्रहरीले निभाउन खोज्दा झडप भएको हो। 

झडपको क्रममा प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्यास प्रहार गरेको छ भने पहिचान पक्षधरले प्रहरीमाथि राँको र इँटाढुंगा प्रहार गरेका छन् । यस क्रममा थुप्रै घाइते भएका छन्। 

प्रदेशको नाम ‘कोसी’ खारेज गरी पहिचानको आधारमा नाम राख्नुपर्ने माग राख्दै लामो समयदेखि अन्दोलनरत पहिचान पक्षधरले आज दमकमा राँकेजुलुसको आयोजना गरेका थिए।