१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १८:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:२७:oo

बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत बित्थडचिर गाउँपालिका–६ को चिसापानीमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु भएको छ। 

देउलेखबाट सुनकुडातर्फ गइरहेको देउलेख प्राथमिक स्वास्थ्य चौकीको सु.प.प्र ०१–०११ झ ३६१ नम्बरको एम्बुलेन्स र सोही दिशातर्फ गइरहेको से ५ च २४२० नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलचालक २२ वर्षीय गोविन्द महरको मृत्यु भएको प्रहरीले जनाएको छ।

एम्बुलेन्सलाई उछिन्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले  बताए। प्रहरी चौकी देउलेखले एम्बुलेन्सचालक हर्कबहादुर ढाटलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।