
सन् २०२३ को मे ७ सम्ममा अमेरिकामा दुई सय सात गोलीकाण्ड भएको सिएनएनले उल्लेख गरेको छ।
सन् २०१३ यता २०२३ को चार माहिनामा भएको गोलीबारी सबैभन्दा बढी देखिएको छ। अमेरिकामा सामूहिक गोलीबारीहरू सिएनएनद्वारा गन वाइलेन्स आर्काइभबाट डेटा प्रयोग गरेर ट्र्याक गरिएको हो।
गैरसैनिकहरूले पनि सहज रूपमा बन्दुक राख्न पाउने कानुनका कारणले अमेरिकामा अपत्यारिला र अप्रत्याशित गोलीकाण्ड घट्ने र निहत्था व्यक्तिहरूको ज्यान जाने क्रम बढ्दो मात्रामा छ। सम्बन्धित हिंसा ट्र्याक गर्न सन् २०१३ मा गठन गरिएको यो एक गैरलाभकारी समूह हो।
अमेरिकाको लसभेगासस्थित भोन टोबेल मिडिल स्कुलमा गोली चल्दा एकजना घाइते भएको लसभेगास महानगरीय प्रहरीले सोमबार (स्थानीय समय) बताएको छ।
लसभेगास मेट्रोपोलिटन प्रहरीले लसभेगास गोलीकाण्डको अनुसन्धान गरिरहेको छ। गोली लागेर घाइते भएका व्यक्तिलाई युनिभर्सिटी मेडिकल सेन्टर लगिएको छ।
लस भेगास मेट्रोपोलिटन पुलिसका अनुसार घटना अझै सेलाएको छैन। लस भेगास मेट्रोपोलिटन पुलिसले यसको आधिकारिक ट्विटर ह्यान्डलमा लेखेको छ, ‘हामी भोन टोबेल मिडलमा भएको गोलीकाण्डको अनुसन्धान गरिरहेका छौँ।’
यसअघि डलासको बाहिर एउटा मलमा शनिबार भएको गोलीकाण्डमा बन्दुकधारीसहित कम्तीमा नौजनाको मृत्यु भएको स्थानीय प्रहरीका अनुसार द हिलले जनाएको छ।
एलेन फायर डिपार्टमेन्टले नौजनालाई क्षेत्रीय अस्पतालमा पुर्याएको एलेन फायर डिपार्टमेन्टका प्रमुख जोनाथन बायडले बताएका छन्। एलेन प्रिमियम आउटलेटमा सातजनाको घटनास्थलमा मृत्यु भएको थियो र अन्य दुईलाई अस्पतालमा मृत घोषित गरिएको थियो। अन्य तीनजनाको अवस्था गम्भीर रहेको द हिलले जनाएको छ।