१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १९:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बलात्कार आरोपी पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:२८:oo

कालिकोटमा बलात्कार आरोपितलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि स्थानीयले आक्रमण गरेका छन्। बलात्कार आरोपित पलाँता गाउँपालिका–६ सैनका ३१ वर्षीय शंक बुढालाई पक्राउ गर्न खोज्दा सोमबार स्थानीयले आक्रमण गरेका हुन्।

आक्रमणमा इलाका प्रहरी कार्यालय पलाँताका असइ लक्ष्मी ढुंगेल रावत र बलात्कारपीडितको परिवारका एक सदस्य घाइते भएका छन्। घाइते दुवैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक शुवराज बमले बताए।

बलात्कार घटनाका आरोपित बुढा हतकडीसहित फरार भएका छन्। उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र नजिकका प्रहरी चौकीबाट थप टोली पलाँता खटिएको छ।

०७९ असोज ३१ गते बलात्कार गरेको आरोपमा पीडित परिवारले बुढाविरुद्ध कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो। त्यसयता फरार रहेका बुढा घर आएको जानकारी पाएपछि सोमबार बिहान ४ बजे चारजना प्रहरी टोली पक्राउ गर्न गएको थियो। प्रहरी पुग्दा घरमै सुतिरहेका बुढालाई प्रहरीले हत्कडी लगाएर जिल्लातर्फ ल्याउने क्रममा गाउँलेले आक्रमण गरेका प्रहरीले जनाएको छ।