१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १८:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बकैयामा बस र मोटरसाइकल ठोक्किँदा दुईजना गम्भीर घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:१४:oo

मकवानपुरको बकैया गाउँपालिकामा सोमबार दिउँसो बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजना गम्भीर घाइते भएका छन्।

काठमाडौंबाट राईगाउँतर्फ जाँदै गरेको बा ५ ख २९४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना १६ प ४६६३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलचालक र पछाडि सवार दुईजना गम्भीर घाइते भएका प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा मोटरसाइकलका चालक बकैया गाउँपालिका– ९ भालुखोलाका ३३ वर्षीय सुकलाल स्याङतान र मोटरसाइकलको पछाडि सवार सोही स्थानका ३४ वर्षीय सन्तबहादुर न्यासुर गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

घाइते दुवैजनाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। दुवैलाई उपचारका लागि हेटौँडा ल्याइएको प्रवक्ता कार्कीले जानकारी दिए।