Skip This
कर्णालीका सडक स्तरोन्नति गर्न माग गर्दै उच्च अदालत सुर्खेतमा रिट दायर
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १८:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णालीका सडक स्तरोन्नति गर्न माग गर्दै उच्च अदालत सुर्खेतमा रिट दायर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:o९:oo

कर्णाली प्रदेशका सडक र सार्वजनिक यातायात सेवाको गुणस्तर सुधार गर्न परमादेशको माग गर्दै उच्च अदालत सुर्खेतमा रिट दायर भएको छ।

अधिवक्ता उत्तमप्रसाद आचार्य, शेरबहादुर खत्री र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को तर्फबाट प्रदेश संयोजक नारायण सुवेदीले सोमबार ७० वटा सरकारी कार्यालयलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन्।

रिट निवेदनमा कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, प्रदेशका १० जिल्लाका यातायात व्यवस्था कार्यालयहरू, कर्णाली प्रदेश ट्राफिक कार्यालय, दशवटै जिल्लाका प्रहरी, प्रशासन कार्यालयलाई विपक्षी बनाइएको छ।

उच्च अदालत सुर्खेतका शाखा अधिकृत धनीराम बिसीका अनुसार रिटमाथि मंगलबार सुनुवाइ हुनेछ। कर्णालीको सार्वजनिक यातायात सेवाको गुणस्तर कमजोर भएको, यातायातसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा सवारी दुर्घटनाले जनधनको क्षति भएको र नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हकको कुण्ठित भएको रिटमा उल्लेख छ।

सञ्चारमाध्यममा कर्णालीमा सडक स्तरबृद्धि नहुँदा धनजनको क्षति भएको समाचार प्रकाशित भएपछि सोहीबमोजिम सरकारी कार्यालयलाई विपक्षी बनाई रिट दायर गरिएको इन्सेकका संयोजक नारायण सुवेदीले बताए।