मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o बैशाख २४ आइतबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २४ आइतबार १६:११:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजार राताम्मे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २४ आइतबार १६:११:oo

हप्ताको पहिलो दिन सेयर बजार दोहोरो अंकले घटेर राताम्मे भएको छ। सेयर बजार परिसूचक नेप्से आज १९‍.१२ अंकले घटेर १८५०.६१ विन्दुमा झरेको छ।

आज सबै समूहको सेयर ओरालो लागेकोमा फाइनान्स र जलविद्युत् समूहको सेयर उच्च अंकले घटेको छ। बजारसँगै कारोबार रकममा पनि निकै कमी आएको छ।

दुई सय ६३ वटा कम्पनीका २० लाख १५ हजार कित्ता सेयर ६० करोड ८१ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै शिवम् सिमेन्टको तीन करोड २२ लाख रुपैयाँबराबरकाे काराेबार भएकाे छ। 

समग्रमा बजार राताम्मे भए पनि आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको सेयर आठ प्रतिशत र इस्टर्न हाइड्रोपावर कम्पनीको सेयर साढे सात प्रतिशतले बढेको छ।