Skip This
इस्मामा प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सुरु, दुई सयभन्दा बढी खेलाडी सहभागी
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o बैशाख २२ शुक्रबार
  • Tuesday, 16 September, 2025
२o८o बैशाख २२ शुक्रबार १७:४१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

इस्मामा प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सुरु, दुई सयभन्दा बढी खेलाडी सहभागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २२ शुक्रबार १७:४१:oo

गुल्मीको इस्मा गाउँपालिका– ३ दर्लामचौर ठाढुंगामा खुला लुम्बिनी प्रदेशस्तरीय डब्लुटिएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको लुम्बिनी प्रदेश सभा सदस्य डिल्लीराज भुसालले उद्घाटन गरे।

साढे दुई वर्ष पहिले स्थापना भएको इस्मा डाेजाङले पहिलोपटक खुला प्रदेशस्तरीय डब्लुटिएफ तेक्वान्दो आमन्त्रण प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा गुल्मीसहित अर्घाखाँची, रुपन्देही, नवलपरासी, बाँके र रोल्पाका दुई सयभन्दा बढी खेलाडी र प्रशिक्षक सहभागी छन्।

प्रतियोगिताको पहिलो दिन केही खेल फाइनल भए पनि धेरै सेमिफाइनल र क्वार्टरफाइनल भएको इस्मा डोजाङका अध्यक्ष वसन्त घिमिरेले जानकारी दिए। प्रतियोगितामा २४ देखि ६१ केजी तौल भएका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। दुई दिनसम्म एकल स्पाइरिङ, सामूहिक स्पाइरिङलगायतका प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा विजेताले २५ हजार, उपविजेताले १५ हजार र तृतीय हुनेले १० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिता सञ्चालन गर्न प्रशिक्षक र खेलाडीले घरघरमा चन्दा संकलन गरिरहेका छन्।

खेल व्यवस्थापनका लागि आयोजकले सात लाख बजेट अनुमान गरेको छ। तर, अहिलेसम्म डेढ लाख रुपैयाँ मात्रै संकलन भएको प्रशिक्षक दीपक घर्तीले बताए। जन्मभूमिको माया र पहिचानका लागि साढे पाँच लाख घाटा बजेट हुँदा पनि सहयोगको अपेक्षासहित प्रतियोगिता आयोजना गरिएको घर्तीले प्रतिक्रिया दिए।


यो पनि : चन्दा संकलन गरेर प्रदेशस्तरीय तेक्वान्दो