कामना सेवाका ग्राहकलाई मनकामना अस्पतालमा छुट

शुक्रबार, २२ बैशाख, २०८०
डिजिटल संस्करण

कामना सेवा विकास बैंकका ग्राहकले भरतपुरको मनकामना अस्पतालमा उपचार गर्दा छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच विभिन्न सेवामा छुट दिनेसम्वन्धी सम्झौता भएको हो ।  

सम्झौताअनुसार बैंकसँग आबद्ध सम्पूर्ण व्यक्तिले मनकामना अस्पतालले प्रदान गर्ने ओपिडी सेवा, सामान्य वार्ड, बेड शुल्क, ओटी शुल्क, सिटिस्क्यान, आइसियूलगायत एनआइसियू, एचडियू–नर्सरी सेवाहरूमा छुट पाउने जनाइएको छ ।

जसअनुसार बैंकका कर्मचारीले २० प्रतिशतसम्मको र बैंकका ग्राहकले १५ प्रतिशतसम्म छुट पाउन सक्ने उल्लेख छ । 
बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा प्राप्त गर्न सकिने हुनाले बैंकसँग आबद्ध सम्पूर्ण व्यत्तिले विशेष लाभ पाउने बैंकले विश्वास व्यक्त गरेको छ ।

सुझावित समाचार