१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
समाचार डिजिटल संस्करण

दार्चुला अपडेट : हिमपहिरोमा बेपत्ता तीनजनाको शव फेला [भिडियाेसहित]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३९:oo

दार्चुलाको व्याँसमा हिमपहिरोमा बेपत्ता भएका तीनजनाको शव फेला परेको छ। दुई महिला र एक पुरुषको शव भेटिएको हो।

खोज तथा उद्धारमा खटिएका छाङरुस्थित सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले बेपत्ता भएको ठाउँबाट करिब दुई किलोमिटर तल हिउँमा तीनजनाको शव केहीबेरअघि भेटिएको जानकारी दिए। हिमपहिरोले बगाएर लगेको देखिएको उनले बताए।

दार्चुलाको दुहु गाउँपालिका- ४, पोक्सेका १८ वर्षीय प्रवीण कुँवरको शवको पहिचान भएको छ। अन्य दुई महिलाको शवको पहिचान खुलिनसकेको सशस्त्र प्रहरी नायब उपरीक्षक भट्टले बताए।

दार्चुलाको व्याँस गाउँपालिका– १, भोलुङमा मंगलबार दिउँसो हिमपहिरो जाँदा यार्सागुम्बा टिप्न गएका पाँचजना बेपत्ता भएका थिए। बेपत्ता दुईजनाको अवस्था अज्ञात छ। 

हिमपात हुन थालेपछि त्रिपालको टेन्टमा बसिरहेका वेला खसेको हिमपहिरोमा पाँचजना बेपत्ता भएका हुन्। सातजना भागेर ज्यान जोगाउन सफल भएका थिए। 

अहिले पनि हिमपात भइरहेकाले खोजीमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। हिमपहिरोमा परेर डोटीको जोरायल गाउँपालिका- २, बुडरका ४५ वर्षीया नोक्मा डोमा थापा, २८ वर्षीया ईश्वरी थापा, १५ वर्षीया क्षिमी सोमो थापा तथा दार्चुलाको दुहु गाउँपालिका- ४, पोक्सेका ३६ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रवीण कुँवर बेपत्ता भएका थिए।