Skip This
अस्मिता र माया उपाधि भिडन्तमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २० बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o बैशाख २० बुधबार o८:oo:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अस्मिता र माया उपाधि भिडन्तमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o बैशाख २० बुधबार o८:oo:oo

१९औँ एसियन खेलकुद प्रतियोगिताका लागि बक्सिङ खेलको प्रारम्भिक छनोट प्रतियोगितामाअन्तर्गत ५० केजी तौलसमूहको फाइनल खेलमा बागमतीकी अस्मिता दुवाल र लुम्बिनीकी माया केसीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

५० केजी तौलसमूहमा एपिएफकी नन्जा बुढामगरलाई ५–० अंकका आधारमा पराजित गर्दै मायाले अन्तिम दुई स्थान पक्का गरेकी हुन् । स्विट साइन्स बक्सिङ क्लब काठमाडौंकी मुक्केबाज रमिशा श्रेष्ठलाई ५–० अंकका आधारमा हराउँदै अस्मिता फाइनलमा पुगेकी हुन् । 

दुवालले बागमतीबाट नवौँ राष्ट्रिय खेलकुदमा प्रतिनिधित्व गर्दै ५० केजी तौलसमूहमा स्वर्ण पदक जितेकी थिइन् । फाइनलमा दुवै खेलाडीले वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा ५० केजी र ५४ केजी तौलसमूहमा रजत पदक जितेका थिए । यसैगरी, महिला ५७ केजी तौलसमूहको सेमिफाइनलमा बक्समाण्डु बक्सिङ क्लब काठमाडौंकी खेलाडी पेमा शेर्पामाथि ५–० अंकका आधारमा एपिएफकी निता गोसाईले जित निकालिन् । 

सोही तौलसमूहमा नुवाकोट जिल्ला बक्सिङ क्लबकी रक्षा जिसीमाथि नेपाली सेनाकी चन्द्रकला थापाले जित निकाल्न सफल भइन् । पुरुषतर्फ ५७ केजी तौलसमूहको सेमिफाइनल खेलमा बाँकेका खेलाडी इन्द्रबहादुर सुनारलाई बागमतीका बुद्ध लामाले हराए । नेपाल प्रहरीका पुरन सुनुवारले करण लोहारलाई पाखा लगाए । 

यसैबीच, नेपाली मुक्केबाज भूपेन्द्र थापाले जर्मनीका गोक्दुमान देवरामसँग आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै छन् । नेपाली मुक्केबाज थापाले ६०–६३.५ किलो तौलसमूहमा भिड्न लागेका हुन् । थापाले जर्मन मुक्केबाजसँग राम्रो खेल खेल्नेमा विश्वस्त रहेको नेपाल बक्सिङ संघका प्रवक्ता तथा अन्तर्राष्ट्रिय कोअर्डिनेटर श्यामकाजी अवालेले बताए ।