१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १८ सोमबार
  • Sunday, 11 May, 2025
२o८o बैशाख १८ सोमबार १७:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चोरी आरोपमा पोखराबाट चार पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख १८ सोमबार १७:o७:oo

कास्की प्रहरीले मोटरसाइकल चोरीको आरोपमा चारजनालाई पक्राउ गरेको छ।

धादिङ त्रिपुरासुन्दरी नगरपालिका– २ सल्यानटार घर भई पोखरा महानगरपालिका– ९ पृथ्वीचोक बस्ने २१ वर्षीय राजकुमार परियार, सोही स्थान घर भई पोखरा– १३ काहुँडाँडा बस्ने २४ वर्षीय विनोद परियार, गोरखा घर भई पोखरा– १३ मियापाटन बस्ने ३१ वर्षीय राजकुमार नेपाली र मियापाटन नै बस्ने २५ वर्षका अर्जुन नेपाली पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पोखरा– १६ दीपमा शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए।

पक्राउपछि सोधपुछसँगै खानतलासी गर्दा उनीहरूले भिरेको झोलामा ल्यापटप १ थान, किबोर्ड १ थान, माउस १ थान, चार्जर १ थान, विभिन्न कम्पनीका मादकपदार्थका बोत्तल ११ थान, पहेँलो तथा निलो रंगका रेडबुल १५ थान, चुरोट ७ बट्टा, विभिन्न कम्पनीका मोबाइल ४ थान, फलामको रड १ थानसँगै उनीहरूले चोरी गरेको ग ५ प २७३५ नम्बरको मोटरसाइकल बरामद गरेको विकले जानकारी दिए।

पक्राउ परेका उनीहरूलाई चोरीसम्बन्धी मुद्दामा थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।