१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आन्दोलनरत महावीर पुनसँग सिंहदरबारमा वार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१५:oo

सरकारी वार्ताटोलीले आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं वैज्ञानिक महावीर पुन पक्षसँग आज सोमबार अपराह्न ४ बजे वार्ता गर्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सुमनराज अर्याल नेतृत्वको वार्ताटोलीले आज पुनः वार्ता गर्न लागेको हो। यसअघि दिउँसो साढे तीन बजेदेखि वार्ता हुने भनिए पनि आधा घन्टा सारिएको पुनले नयाँ पत्रिकालाई बताए।

अर्थ मन्त्रालय, शिक्षा मन्त्रालय, कानुन मन्त्रालय र राष्ट्रिय योजना आयोगका सहसचिव तथा सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रतिनिधि सदस्य रहेको समितिले पुनको टोलीसँग आइतबार तीन घन्टा वार्ता गरेको थियो। तर, कुनै सहमति जुट्न नसकेपछि आज फेरि वार्ता हुन लागेको हो।

पुन नेतृत्वको टोली अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा विकास बजेटको एक प्रतिशत रकम छुट्याउनुपर्ने र अनुसन्धान–नवप्रवर्तन–आविष्कार कोष’ बनाउनुपर्नेसहित चारवटा माग राखेर १४ वैशाखबाट माइतीघरमा धर्नामा छ। आफ्ना माग पूरा नहुन्जेलसम्म धर्ना जारी नै रहने पुनले बताए।