१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
दीपक बोहरा तुलसीपुर
Invalid date format १३:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अर्को स्कुलमा प्रअ भइसकेका शिक्षक खोज्दै आएका विद्यार्थीले घेरे कार्यालय  

Read Time : < 1 मिनेट
दीपक बोहरा, तुलसीपुर
नयाँ पत्रिका
Invalid date format १३:२४:oo

दाङ तुलसीपुर उपमहानगरपालिका- १४ स्थित बालमितेरी मावि भोजपुरका विद्यार्थी शिक्षक खोज्दै उपमहानगरपालिका कार्यालय पुगेका छन्।

विद्यालय पोसाक, कपी, किताब बोकेर विद्यार्थी उपमहानगरपालिका कार्यालय पुगेका हुन्। आइतबार भोजपुरबाट उपमहानगरपालिकामा आएका विद्यार्थीले कार्यालय घेरेका थिए।

शिक्षक नहुँदा पठन–पाठन अवरुद्ध भएको भन्दै उनीहरूले उपमहानगरपालिकाकाे कार्यालय घेरेका हुन्। तुलसीपुर उपमहानगरपालिकाले त्यहाँका तीनजना शिक्षक सरुवा गरेको थियो। ती शिक्षक सरुवा हुँदा पठन–पाठन अवरुद्ध भएको भन्दै विद्यार्थी आन्दोलित बनेका हुन्।  

सोही विद्यालयका शिक्षक टंक केसी, जंग केसी र लेखराज रिजालकाे अन्य विद्यालयमा सरुवा भइसकेकाे छ। उनीहरूले सरुवाकाे विराेध गरेका छन्। उनीहरूले ‘उपमहानगरपालिकाको मनोमानी बन्द गर’जस्ता नारा लगाएका थिए।  

विद्यालयका प्रधानाध्यापक ओमप्रकाश वलीले भर्ना अभियान चलिरहँदा तीनजना शिक्षक सरुवा भएपछि पठनपाठन प्रभावित भएको बताए। विद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापकसँग सल्लाह नै नगरी सरुवा गरेको भन्दै विद्यार्थीले आपत्ति जनाएका छन्।  

सरुवा भएका शिक्षक टंक केसी भने तुलसीपुर– १९ स्थित नवजागरण माध्यमिक विद्यालयका प्रधानाध्यापक भइसकेका छन्। तर, भोजपुर स्कुलले पटक–पटक हाजिरी नभएको भन्दै सम्बन्धित निकायमा पत्र पठाउँदै आएको छ।