मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १० बुधबार
  • Wednesday, 27 September, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख १७ आइतबार १७:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महावीर पुनको माग सत्तागठबन्धनको एजेन्डा बन्नुपर्छ : झलनाथ खनाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख १७ आइतबार १७:३१:००

पूर्वप्रधानमन्त्री झलनाथ खनालले महावीर पुनको माग सत्तागठबन्धनको एजेन्डा बन्नुपर्ने बताएका छन्। आइतबार राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनको आन्दोलनलाई ऐक्यबद्धता जनाउन माइतीघर पुगेका उनले यस्तो बताएका हुन्।

देशका वैज्ञानिकहरूलाई आन्दोलनमा उत्रिनुनपर्ने परिस्थिति सरकारले निर्माण गर्न आवश्यक रहेकोमा उनले जोड दिए। आफू अहिले भुँइमान्छे रहेको भन्दै उनले आफूले पुनको आन्दोलनमा पूर्ण ऐक्यबद्धता जनाएको बताए।

‘कुनै पनि प्रधानमन्त्रीले यस्ता समस्या एक्लै हल गर्न सक्छ। अब हामीले यो देशमा वैज्ञानिक आविष्कारका कुरालाई, नवप्रवर्तनका कुरालाई अघि बढाउँछाैँ भनेर उहाँले सार्वजनिक रूपमा प्रतिबद्धता जनाएर अघि बढ्न जरुरी छ,’ उनले भने।

पूर्वप्रधानमन्त्री खनालले युवा वैज्ञानिकलाई देशमा काम गर्न सक्ने वातावरण नबनाए उनीहरू बहिर्गमनमा जाने खतरा पैदा भएको बताए।