१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:o६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंकद्वारा बृहत् वित्तीय साक्षरता, विद्युतीय भुक्तानी प्रवर्द्धन तथा घरदैलो कार्यक्रम सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:o६:oo

मुक्तिनाथ विकास बैंकको बृहत् वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ। 

नेपाल राष्ट्र बैंकको यस आर्थिक वर्षलाई विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्षका रूपमा मनाउने अभियानसँगै मुक्तिनाथ विकास बैंकले बृहत् वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। 

बैंकले शुक्रबार र शनिबार सबै शाखा कार्यालयहरू र केन्द्रीय कार्यालयका कर्मचारीको देशभर बृहत् वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको हो। 

‘जनता बैंकमा हाेइन बैंक जनतामा जानुपर्दछ,’ भन्ने मूल नारा बोकेको बैंकले देशभरका विभिन्न विद्यालय/कलेज, समुदाय केन्द्रहरू तथा अन्य सार्वजजिक स्थलमा उक्त कार्यक्रमको आयोजना गरेको थियो। 

बैंकले आयोजना गरेको उक्त कार्यक्रममा बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनसहित अन्य सम्पूर्ण कर्मचारी र केही संस्थापक सेयरधनी महानुभावको सहभागिता रहेको थियो।

यसरी वित्तीय साक्षरता तथा घरदैलो कार्यक्रम राख्दै बैंकले विद्यार्थी, जनमानस तथा ग्राहक महानुभावमा बैंकका विभिन्न सेवाबारे घरमै गएर जानकारी गराएको थियो।