१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १७ आइतबार
  • Monday, 23 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o बैशाख १७ आइतबार ११:३७:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

पित्तथैलीको पत्थरी, यी कुरा जानिराखौँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o बैशाख १७ आइतबार ११:३७:oo

पछिल्लो समय नेपालमा पित्तथैलीमा पत्थरी हुने बिरामीको संख्या बढ्दो छ । प्रायः ४० वर्ष आसपासको मान्छेमा यो समस्या धेरै देखिने गरेको छ । यद्यपि, पछिल्लो समय सानो उमेरका मानिसहरू पनि यो समस्या लिएर अस्पताल धाउन थालेका छन् । मोटोपन भएका मान्छे र महिलामा यो समस्या धेरै देखिने गरेको छ । वंशानुगत कारणले पनि यस्तो समस्या देखिने गरेको छ । 

लक्षण 
- पित्तथैलीमा पत्थरीको लक्षण ग्यास्ट्रिकको जस्तो हुन्छ । अधिकांश मानिस ग्यास्ट्रिक भनेर बसेका हुन्छन् । मुटुको भागभन्दा मुनि दुखाइ हुन्छ ।
- दायाँपट्टिको कोखामा दुखाइ महसुस हुन्छ । कसैलाई देब्रे कोखामा पनि दुखाइ हुन्छ । 
- पेट फुलेजस्तो महसुस हुन्छ । खाना खाएपछि धेरै पेट दुखाइ हुन्छ । खानापछि धेरै दुखाइ भयो भने पत्थरी नै सम्झिँदा हुन्छ । 
- चिल्लो खाँदा पेट ढुस्स हुन्छ । खाना खाएपछि पखाला पनि लाग्न सक्छ । 

पहिचान र उपचार विधि 

पेटको अल्ट्रासाउन्ड गरेपछि मात्रै पित्तथैलीमा पत्थरी भए÷नभएको पत्ता लाग्छ । खाली पेटमा अल्ट्रासाउन्ड गरेर जाँच गर्नुपर्छ । पत्थरी नलीमा गएर अड्कियो भने जन्डिस हुने सम्भावना हुन्छ । त्यसपछि सहन नसक्ने दुखाइ हुन सक्छ । पाचन ग्रन्थि सुन्निन सक्छ । त्यसैले धेरै लक्षण नहुँदा उपचार गर्नुपर्छ । जन्डिस भयो भने कलेजोमा इन्फेक्सन हुन सक्छ । पत्थरी ठूलो छ र लामो समय भइसकेको छ भने क्यान्सर हुने खतरा पनि हुन्छ । 

- पित्तथैलीमा मासु पलाएर एक सेन्टिमिटरभन्दा ठूलो छ भने क्यान्सर हुने सम्भावना हुन्छ । त्यसका लागि सिटिस्क्यान गरेर जाँच गरिन्छ । सिटिस्क्यान, एमआरसिपी र अल्ट्रासाउन्ड जाँच गरेपछि मात्रै थाहा हुन्छ । कहिलेकाहीँ पित्तथैलीको कारण मात्रै दुखाइ नहुन सक्छ, त्यस्तो अवस्थामा इन्डोस्कोपी गर्नुपर्छ । कहिलेकाहीँ पेटमा अल्सर हुँदा पनि दुख्न सक्छ, त्यसलाई छुट्याउन यसरी जाँच गरिन्छ । 

- पत्थरी मात्रै निकाल्यो भने पित्तथैलीमा नयाँ समस्या देखिन सक्छ । त्यसैले अप्रेसन गरेर पित्तथैली पूरै निकाल्नुपर्ने हुन्छ । पित्तथैली निकाल्नु भनेको पित्त निकाल्नु होइन । पित्तको ‘सोर्स’ भनेको कलेजो हो । कलेजोले पित्त उत्पादन नै गरिरहन्छ । खाना पचाउने काम पित्तले गरिरहन्छ । पित्तथैलीको अप्रेसन गर्दा चिरेर र ल्याप्रोस्कोपी प्रविधिबाट प्वाल पारेर गर्न सकिन्छ । चिरेर गरे पनि ल्याप्रोस्कोपी विधिबाट प्वाल पारेर गरे पनि तरिकाचाहिँ उस्तै हो । 

- पित्तथैलीको कारणले दुखाइ बढी छ, ज्वरो आएको छ भने तत्कालै अप्रेसन गर्नुपर्ने हुन्छ । तर, पाचन ग्रन्थिमै असर गरिसकेको छ भने केही पर्खेर गर्नुपर्ने हुन्छ । सुन्निएको छ, दुखाइ धेरै भएको छ भने दूरबिन प्रविधिबाट (ल्याप्रोस्कोपी विधि) नै अप्रेसन गर्न सकिन्छ । पित्तथैलीको अप्रेसनपछि केही समय आराम गर्नुपर्छ । खानेकुरामा केही बार्नुपर्दैन । 

कस्तो अवस्थामा अप्रेसन नगर्ने ? 

पित्तथैलीमा पत्थरी भएपछि अप्रेसन नै गर्नुपर्छ भन्ने हुँदैन । जसलाई ग्यास्ट्रिक छैन, चिल्लो खाँदा दुखाइ हुँदैन । त्यस्ता व्यक्तिले अप्रेसन गर्नुपर्दैन । त्यसले केही असर गर्दैन । 

- यदि ६० वर्षमाथिका मान्छेलाई पत्थरीको कुनै लक्षण देखिएन भने अप्रेसन गर्नुपर्दैन । 

- मधुमेहको समस्या भएका, पित्तथैली बाक्लो हुँदै गएका, अन्य रोगको औषधि लिइरहेका मान्छेले लक्षण नभए पनि अप्रेसन गर्नुपर्छ ।

- लक्षण नदेखिएको मान्छेले चिल्लो कम खानुपर्छ । चिल्लोले पत्थरी गराउँदैन, तर दुखाइ धेरै गराउन सक्छ । पेट भारी हुने गरी खानुहुँदैन ।