Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख १७ आइतबार ०७:५१:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आर्मी र पुलिसले जिते मेयर कप 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख १७ आइतबार ०७:५१:००

त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले शनिबार ललितपुर मेयर कप भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । पुरुषमा आर्मी र महिलातर्फ पुलिस क्लबले उपाधि जितेका हुन् । ललितपुरको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा आर्मीले पुलिसमाथि ३–२ को जित निकाल्यो । 

आर्मीले पहिलो र दोस्रो सेट २५–२० र २५–१७ ले जितेको थियो । पुलिसले तेस्रो र चौथो सेट २७–२९, १९–२५ ले जित्दै खेलमा फर्कंदै आर्मीमाथि दबाब राख्यो । तर, पाँचौँ र अन्तिम सेटमा आर्मी १५–७ ले विजयी भयो । आर्मीका मानबहादुर श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । पुलिसका विशाल विक उत्कृष्ट स्पाइकर, पुलिसका द्वारिका थापा उत्कृष्ट ब्लकर, एपिएफका लोकेन्द्र गिरी उत्कृष्ट सेटर र आर्मीका ईश्वर थापा उत्कृष्ट लिबेरो बने ।

आर्मीका हरिहजुरी थापा उत्कृष्ट सर्भर र आर्मीका जगतबहादुर भण्डारी उत्कृष्ट प्रशिक्षक घोषित भए । महिलातर्फको उपाधि भिडन्तमा पुलिसले एपिएफलाई ३–१ को सेटमा हरायो । पुलिसले पहिलो सेट २५–११ ले जितेको थियो । दोस्रो सेट एपिएफले २५–१९ ले आफ्नो पक्षमा पारेको थियो । यसपछि पुलिस खेलमा दबदबा कायम राख्दै २५–१९ र २५–२२ ले जित्न सफल भयो । 

विजेतालाई दुई लाख
उपाधिसँगै विजेता आर्मी र पुलिसले समान दुई लाख रुपैयाँ प्राप्त गरे । उपविजेता दुई टोलीले पनि समान एक लाख रुपैयाँ पाएका छन् । पुलिसकी लक्ष्मी चन्द सर्वोत्कृष्ट खेलाडी चुनिइन् । एपिएफकी आरती सुवेदी उत्कृष्ट स्पाइकर, न्यु डायमन्ड क्लबकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, एपिएफकी जसोन्ना महतो उत्कृष्ट सेटर र पुलिसकी यमुना रसाइली उत्कृष्ट लिबेरो बने । आर्मीकी सृष्टि खड्गी उत्कृष्ट सर्भर र पुलिसका रुपेशकुमार विष्ट उत्कृष्ट प्रशिक्षक घोषित भए । विधागततर्फका उत्कृष्ट खेलाडीले पाँच हजार रुपैयाँ पाए । सर्वोकृष्ट खेलाडीले जनही १० हजार रुपैयाँ हात पारे ।