१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बैंक तथा वित्तीय संस्था नयाँ शोषकको रूपमा उदाए : मन्त्री किराँती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o७:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले बैंक तथा वित्तीय संस्थालाई ‘नयाँ शोषक’कोे संज्ञा दिएका छन्।

होटेल एसाेसिएसन अफ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले छोराछोरीलाई मोबाइल किन्न लिएको ऋण तिर्नका लागि गाउँले आमाहरूको घरखेत उठेको र पछि पासो लगाउने स्थिति बनेको बताए। पहिले शोषकहरू दौरासुरुवाल लगाएर तमसुक बोकेर आउने गरेकोमा अहिलेको नयाँ शोषक कम्प्युटर लिएर गाउँ जाने गरेको उनको टिप्पणी छ।

सहरमा पनि बैंक तथा वित्तीय संस्थाहरूको ब्याज तिर्न नसकेर सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको स्मरण गराउँदै उनले ब्याज घटाउन सक्ने अवस्थासमेत नरहेको बताए।

‘१२ कक्षा पढेपछि विद्यार्थीहरू किन जान्छन् विदेश ? पैसा छैन। बैंकलाई लगाइदिन्छ । पछि मिटरमा ब्याज लिन्छ । फेरि उसले पैसा फर्काएर लान्छ । नयाँ शोषक आएको छ नि त कम्प्युटर बोकेर । महँगो ब्याज बोकेर, कम्प्युटर बाेकेर । पहिला त दौरासुरुवाल लगाएर जुँगामा ताउ लगाउँदै तमसुक बोकेर आउँथे शोषक । अहिले त कम्प्युटर बोकेर पो आउँछन्,’ मन्त्री किराँतीले भने।