१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १४ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १४ बिहीबार १७:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाँसबारीमा वडाले बनायो खुला व्यायामशाला

 सहरी जीवनलाई स्वस्थ्य बनाउन मात्र होइन विपत्का वेला आश्रय लिन पनि खुला ठाउँ, पार्क चाहिन्छ - वडाध्यक्ष थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १४ बिहीबार १७:५८:oo

बाँसबारीमा खुला व्यायामशाला स्थापना भएको छ। नेपालका लागि पाकिस्तानी दूतावासको सहयोगमा काठमाडौं महानगरपालिकाको वडा नम्बर ३ ले बाँसबारी क्लबको प्रांगणमा खुला व्यायामशाला निर्माण गरेको हो।  

‘व्यायामशालामा अत्याधुनिक १६ प्रकारका सामग्री र उपकरण छन्,’ विपद् व्यवस्थापन समितिका संयोजक एवं वडा ३ का अध्यक्ष प्रेम थापा भन्छन्, ‘उमेर समूह, सहरवासीमध्ये धेरैमा देखिएका शारीरिक समस्या, स्वस्थ्य जीवनजस्ता पक्षलाई हेरेर व्यायामशालामा सामग्री तथा उपकरण राखिएका छन्।’

जडान गरिएका सामग्रीहरूमा एअर वकर, एब्डोमिनल फिटनेस कम्बिनेसन, सिंगल र डबल स्किलिङ मेसिन, सिंगल फिटनेस राइडरलगायत छन्। यस्तै लेग प्रेस, सिंगल रोइङ मेसिन, पुल चेयर, डबल स्प्लिट मेसिन, लेग एक्स्टेन्सन एन्ड फिटनेस राइडर, लेग लिफ्टर, बसेर तथा उठेर ट्विस्टर गर्ने मेसिनलगायत छन्।

खुला स्थानको उपयोगमा सर्वसाधारण सबैलाई आकर्षित गर्न व्यायामशाला बनाइएको वडाध्यक्ष थापाको भनाइ छ। उनी भन्छन्, ‘महाराजगन्जको शिवमार्गमा, रानीबारी मार्ग र धारापाटीमा रहेको सामुदायिक सेवा केन्द्रको परिसरमा यसै वर्ष यहीस्तरको सेवा सञ्चालन गर्छौँ।’
 
वडा नं. ३ को बाँसबारीमा इको पार्क, ज्येष्ठ नागरिक पार्क र खुला बाल उद्यान छन्। यस्तै, महाराजगन्ज राष्ट्रपति भवनसँगै शिवमार्गमा खुला पार्क छ। धारापाटीमा कुमारी मन्दिरसहित ज्येष्ठ नागरिक पार्क छ। सामाखुसी किनारामा रानीबारी पार्क छ। यी पार्कको मर्मत सम्भार र सार्वजनिक उपयोग प्रवर्द्धनमा वडाले काम गरिरहेको छ। 

वडाध्यक्ष थापाका अनुसार महानगरको वडा ३ र बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ८ सिमानामा पर्ने २२ रोपनी सार्वजनिक जग्गा तारबार गरेर संरक्षण गर्ने काम भइरहेको छ। यस ठाउँमा सार्वजनिक पार्क निर्माण हुने थापाको भनाइ छ। 
महानगरको वडा नं. ४ शंख पार्क, वडा १८ को पुष्पलाल पार्कलगायत स्थानमा खुला व्यायामशाला छन्।