मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका खारेज गर्न माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३१:oo

सरकारले जारी गरेको वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका विद्यार्थीको हितविपरीत रहेको भन्दै सरोकारवालाहरूले खारेजीको माग गरेका छन्।

बिहीबार संयुक्त पत्रकार सम्मेलन गर्दै शैक्षिक परामर्शसँग सम्बन्धित विभिन्न संघसंस्थाहरूले सो निर्देशिका खारेज गर्न माग गरेका हुन्। विद्यार्थीले आफ्नो इच्छा र आवश्यकताअनुसारको शिक्षा प्राप्त गर्ने सवालमा निर्देशिका तगारो बनेको भन्दै यसलाई पूर्ण रूपमा परिवर्तन गर्नुपर्ने उनीहरूको माग छ।

पत्रकार सम्मेलनमा इक्यानका अध्यक्ष प्रकाश पाण्डेले शिक्षा ऐन अथवा शैक्षिक परामर्शसँग जोडिएको ऐन बनाएर त्यसैको जगमा टेकेर मात्रै निर्देशिका ल्याउनुपर्ने बताए। निर्देशिका सही मनसायबाट नआएको उनको आरोप छ।