१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
फाइल तस्बिर
Invalid date format १४:५४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सजाय रोक्न राहुल गान्धी पुगे उच्च अदालत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:५४:oo

भारतीय कंग्रेस नेता राहुल गान्धी सुरत अदालतले गत महिना गरेको फैसलाविरुद्ध गुजरात उच्च अदालत पुगेका छन्। 

उक्त अदालतले मानहानि मुद्दामा उनलाई दोषी ठहर गर्दै तल्लो अदालतले गरेको दुई वर्षको जेल सजायको फैसलालाई सदर गरेको थियो।

सुरत अदालतले नेता गान्धीको पुनरावेदन अस्वीकार गरेपछि उच्च अदालतमा न्यायको याचना गर्न निवेदन दर्ता गरिएको छ।

नेता गान्धीका वकिल पंकज चम्पानेरीले उच्च अदालतमा निवेदन दर्ता गरिएको जानकारी दिँदै त्यस सम्बन्धमा थप विवरण प्रदान गर्न अस्वीकार गरेका छन्। 

सन् २०१९ मा कर्नाटक राज्यमा भएको चुनावी सभामा नेता गान्धीले मोदी थरलाई लिएर गरेको टिप्पणीले आफूहरूको अपमान भएको जिकिर गर्दै भारतीय जनता पार्टी (भाजपा) का सांसद पूर्णेश मोदीले गान्धीविरुद्ध मानहानि मुद्दा दायर गरेका थिए। 

नेता गान्धीले राजनीतिक कार्यक्रममा भाषण गर्दा मोदी थरबारे आफूले गरेको टिप्पणी अपमानजनक नभएको र त्यसलाई असान्दर्भिक रूपमा उचालेर मुद्दा दायर गरिएको तर्क गर्दै आएका छन्। 

मानहानि मुद्दामा सुरत अदालतबाट दोषी ठहर भएपछि उनको लोकसभा सदस्य पद खारेज भएको छ। उच्च अदालतले पनि तल्लो न्यायालयको फैसलालाई सदर गरेमा गान्धी आगामी आठ वर्षसम्म संसद् सदस्यको उम्मेदवार बन्नबाट वञ्चित हुनेछन्।