१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १३ बुधबार
  • Sunday, 11 May, 2025
भीमदत्त नगरपालिका-१३ का वडाध्यक्ष रामबहादुर बोहरा आफ्ना छोरालाई बैजनाथ विद्या निकेतन विद्यालयमा भर्ना गराउँदै ।
मोहन विष्ट कञ्चनपुर
२o८o बैशाख १३ बुधबार ११:४४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चुनावी प्रतिबद्धता पूरा गर्न जनप्रतिनिधिले राेजे सामुदायिक विद्यालय 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o बैशाख १३ बुधबार ११:४४:oo

कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक वडाका जनप्रतिनिधिले आफ्ना सन्तान बोर्डिङ स्कुलबाट छुटाएर सामुदायिक विद्यालयमा भर्ना गराएका छन्।

भीमदत्त नगरपालिका– १३ का जनप्रतिनिधिले आफ्ना सन्तान बोर्डिङ स्कुलबाट छुटाएर सामुदायिक विद्यालयमा भर्ना गराएका हुन्। 

राज्यको लगानी सामुदायिक विद्यालयमा रहेको र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि आफ्ना सन्तानलाई बोर्डिङबाट छुटाएर निजीमा भर्ना गरेका छन्।

भीमदत्त– १३ का वडाध्यक्ष रामबहादुर बोहरा (झक्कास), वडासदस्य दीपक बुढाले आफ्ना सन्तान छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराएका छन्। 

भीनपा– १३ पिपरैयामा रहेको बैजनाथ विद्या निकेतनमा वडाध्यक्ष बोहरा र सदस्य बुढाले आफ्ना छोराछोरीलाई बोर्डिङबाट छुटाएर सामुदायिक विद्यालयमा भर्ना गराएका छन्। 

बैजनाथ विद्या निकेतन प्रधानाध्यापक भानदेव भट्टले वडाध्यक्ष बोहराले आफ्ना छोरा प्रशान्त भट्टलाई कक्षा ६ र वडासदस्य दीपक बुढाले छोरी भूमिका बुढालाई कक्षा चार, छोरा भुवन बुडालाई कक्षा दुई र अर्की छोरी भावना बुढालाई शिशु (बालविकास कक्षा)मा भर्ना गराएको बताए।

प्रअ भट्टले बुधबार वडाध्यक्ष बोहरा, सदस्य बुढाले आफ्ना सन्तानलाई भर्ना गराएका छन्। ‘हाम्रो विद्यालयमा जनप्रतिनिधि, शिक्षक, कर्मचारीसहित थुप्रै सार्वजनिक क्षेत्रमा कार्यरत अभिभावकले आफ्ना सन्तानलाई भर्ना गराएका छन्,’ प्रअ भट्टले भने । 

यसअघि भीमदत्त नगरपालिका– १९ की सदस्य भागरती कुँवरले आफ्ना छोरा हिमांशु कुँवरलाई वडाकै लक्ष्मी माविमा रहेको विद्यालयमा कक्षा सातमा भर्ना गराएकी छिन्।

भीमदत्त नगरपालिका कार्यपालिका सदस्य चक्रबहादुर सुनारले आफ्ना सन्तानलाई भीनपा– १५ खैरभट्टीमा रहेको लक्ष्मी माविमा भर्ना गराएका छन्।

भीमदत्त नगरपालिका– १३ मा स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित भएका वडाध्यक्ष रामबहादुर बोहरा (झक्कास)ले चुनावी प्रतिबद्धताअनुरूप परिवर्तन आफैँबाट गर्नका लागि निजी विद्यालय (बोर्डिङबाट छुटाएर सरकारी विद्यालयमा भर्ना गराएको बताए।

‘सरकारी विद्यालयमा गरिबका मात्रै सन्तान पढ्न जान्छन् भन्ने मानसिकता छ,’ ‘वडाध्यक्ष बोहराले भने, ‘नेता, जनप्रतिनिधि, कर्मचारीका छोराछोरी पढ्दैनन्, भन्ने हटाउनुपर्छ।’ वडाध्यक्ष बोहराले वडामा रहेका सामुदायिक विद्यालयको शैक्षिकस्तर वृद्धिका लागि पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।