१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:५३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

फ्लाई दुबईमा चरा  नठोक्किएको क्यानको दाबी 

‘वर्ड स्ट्राइक’ भनेर भ्रम फैलाएपछि फ्लाई दुबईका  नेपाल प्रमुख र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:५३:oo

सोमबार राति काठमाडौं–दुबई उडानमा चरा ठोक्किएको (वर्ड स्ट्राइक) भनेर भ्रमपूर्ण समचार फैलाएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले फ्लाई दुबईका दुई प्रबन्धकलाई कारबाही गरेको छ । क्यानले फ्लाई दुबईका नेपाल प्रमुख र एयरपोर्ट म्यानेजरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशमा रोक लगाएर एयरपोर्ट पाससमेत निष्क्रिय गरेको हो ।

विमानस्थलबाट उड्नेबित्तिकै फ्लाई दुबईको फ्लाइट नम्बर ५७६ विमानको इन्जिनमा आगलागी भएको थियो । विमानबाट आगोको झिल्कोसहित ठूलो विस्फोटनको आवाज निस्किएको थियो । तर, पाइलटले जहाजलाई आकाशमा होल्ड गरेर यान्त्रिक परीक्षण गर्दा कुनै समस्या नदेखिएको भन्दै आकस्मिक अवतरण नगरी गन्तव्य (दुबई)तर्फ लगेका थिए । 

लगत्तै दुबई मिडिया अफिसले फ्लाई दुबईका प्रवक्तालाई उद्धृत गर्दै जहाजमा ‘वर्ड स्ट्राइक’ भएको भनेर अफिसियल फेसबुक पेज र ट्विटरमा पोस्ट गर्‍यो । जबकि, त्यो समयसम्म जहाज दुबईमा अवतरण पनि भएको थिएन । फ्लाई दुबईको नेपालस्थित कार्यालयले चरा ठोकिएको भन्ने गलत सूचना प्रवाह गरेको भन्दै नियमनकारी निकाय एक्सनमा उत्रिएको हो । सोमबारको घटनामा चरा ठोकिएर आगलागी र विस्फोटको आवाज नआएको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । 

‘पाइलटले जहाजमा प्राविधिक समस्या आएको भनेका छन्, चरा ठोकिएकै कारण जहाजमा आगलागी भएको उनीहरूले भनेका छैनन्,’ भुलले भने, ‘तर, यतैका कर्मचारीबाट गलत सूचना प्रवाह भयो, जहाजको कमजोरी ढाकछोप गर्न फ्लाई दुबईले पनि चरा ठोकिएको भनेर विषयान्तर गर्न खोजेको देखिन्छ ।’ पाइलटले एयर ट्राफिक कन्ट्रोलर (एटिसी)बाट विमानस्थलमा चरा भेटिएको जानकारी प्राप्त भएको बताएका छन् । तर, चराकै कारण जहाजमा समस्या आएको भनेर उल्लेख नगरेको उनको भनाइ छ ।

घटनाको सत्यतथ्य जाँच गर्न क्यानले आन्तरिक रूपमै दुई सदस्यीय छानबिन टोली बनाएको छ । टोलीले फ्लाई दुबई र त्यहाँको नियमनकारी निकायसँग पनि घटनाबारे सत्यतथ्य जानकारी लिनेछ । सो टोलीले प्रतिवेदन बुझाएपछि मात्र घटनाको वास्तविकता थाहा हुने भुलले बताए । जहाजको इन्जिनमा कम्प्रेसर पड्किएर आवाज निस्किएको क्यानको आशंका छ ।