१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १२ मंगलबार
  • Sunday, 11 May, 2025
२o८o बैशाख १२ मंगलबार ११:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बारामा मतगणना स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख १२ मंगलबार ११:५६:oo

बारा क्षेत्र नम्बर २ को मतगणना स्थगित भएको छ । मतपेटिका राखिएको कोठाको चाबी बोकेर दलका प्रतिनिधि हिँडेपछि मतगणना हुन  सकेको छैन । 

एमालेका प्रतिनिधि मोहन लामिछाने मतपेटिका राखेको कोठाको चाबी लिएर मतगणनास्थलबाट बाहिरिएपछि करिब आधा घन्टा र त्यसपश्चात् जनमत पार्टीका सियाराम कुसवाह हालसम्म गणनास्थल नआएका कारण मतगणना रोकिन पुगेको छ । 

हाल दुई स्थानमा मतगणना भइरहेको हुँदा भोलिसम्ममा अन्तिम नतिजा आउने निर्वाचन अधिकृत सरोजकुमार चौधरीले जानकारी दिए  । 

हालसम्म करैया गाउँपालिकाका, सुवर्ण गाउँपालिका, कोल्हवी ८ नम्बर वडा र  महागढीमाई नगरपालिका ९, १० र ११ वडाको मतगणना सम्पन्न भइसकेको छ ।