
प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत अहिले मतगणना जारी रहेको तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले १० हजारभन्दा बढीको मतान्तर कायम गरेका छन् ।
पछिल्लो मतपरिणामअनुसार स्वर्णिमले निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईभन्दा दश हजार २२४ मत बढी ल्याएका छन् ।
स्वर्णिमले २४ हजार ४०६ मत ल्याउँदा गोविन्दले १४ हजार १८२ मत प्राप्त गरेका छन् । अहिलेसम्म ३२ वडाको ४७ हजार ११२ मतगणना सम्पन्न भएको छ ।
तेस्रो स्थानमा रहेका एमालेका सर्वेन्द्र खनालले ७ हजार २६ मत पाएका छन् ।