
बुटवलदेखि बागलुङको बुर्तिबाङ जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको छ । आज बिहान बुटवलदेखि बुर्तिबाङतर्फ जाँदै गरेको लु.१ख ५९५६ नम्बरको बस पाल्पाको तिनाउ गाउँपालिका– ५ जोरधारानजिकै बिहान ९ बजे दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमेन्द्र शर्माले जानकारी दिए । मृत्यु हुनेको पहिचान नखुलेको शर्माको भनाइ छ ।
घाइते भएका सबैलाई लुम्बिनी मेडिकल कलेजमा पठाइएको शर्माले जानकारी दिए । घाइते अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बस भिरमा अड्किएको छ ।