१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१२ बजेसम्म बारामा २५, चितवनमा ३६ र तनहुँमा ३० प्रतिशत मत खस्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:२९:oo

बारा २, चितवन २ र तनहुँ क्षेत्र नम्बर १ मा भइरहेको उपनिर्वाचनमा मध्याह्न १२ बजेसम्म औसतमा ३० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मध्याह्नसम्म सबैभन्दा धेरै चितवनमा ३६ प्रतिशत मत खसेको छ भने बारा २ मा करिब २५ प्रतिशत मत खसेको छ । 

तनहुँ १ मा खटिएका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार यहाँ करिब ३० प्रतिशत मत खसेको छ ।केही छिटपुट घटनाबाहेक तीनै ठाउँमा शान्तिपूर्ण मतदान भइरहेको सहायक प्रवक्ता अर्यालले बताए ।

‘म निर्वाचन अधिकृतसँग प्रत्यक्ष सम्पर्कमा छु । मतदान शान्तिपूर्ण भइरहेको छ । मध्याह्नसम्म सन्तोषजनक मत खसेको छ । बारामा अलिकति कम खसेको छ । उत्साहप्रद रूपमा मतदान भइरहेको छ,’ उनले भने ।