Skip This
ब्याजदर घटाउन राष्ट्र बैंकलाई महासंघको आग्रह
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ७ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ७ बिहीबार १o:१३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ब्याजदर घटाउन राष्ट्र बैंकलाई महासंघको आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ७ बिहीबार १o:१३:oo

नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर वर्तमान अर्थतन्त्रका समस्या र समाधानका उपायबारे छलफल गरेको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाली अर्थतन्त्र न्यून माग र उच्च मूल्यवृद्धिका कारण समस्यामा रहेको औँल्याउँदै केन्द्रीय बैंकले समाधानका उपाय अवलम्बन गर्न आवश्यक रहेको बताए । 

बजारमा तरलता पर्याप्त हुँदाहुँदै पनि बजारमा माग नभएका कारण कर्जा प्रवाह हुन नसकेको अध्यक्ष ढकालले बताए । उनले केन्द्रीय बैंकले उपलब्ध सबै उपकरण प्रयोग गरेर कर्जाको ब्याजदर घटाउनुपर्नेमा जोड दिए । निजी क्षेत्रमा देखिएको असहज परिस्थितिका कारण धेरै ऋणीले कर्जाको साँवा–ब्याज तिर्न नसक्ने अवस्था भएको हुँदा असार मसान्तसम्मका लागि कर्जा पुनर्संरचना र पुर्नतालिकीकरणको सुविधा दिन उनले राष्ट्र बैंकलाई आग्रह गरे । बैंकहरूको खराब कर्जासमेत बढ्न सक्ने हुँदा उक्त सुविधा दिइनुपर्नेमा उनको जोड थियो । 

वार्तामा गभर्नर अधिकारीले महासंघका सुझावलाई सकारात्मक रूपमा लिएर कार्यान्वन गर्ने आश्वासन दिए । उनले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, बजेट र मौद्रिक नीतिमार्पmत पनि महासंघका सुझाव समावेश गरिने जानकारी गराए । साथै, अहिलेको अर्थतन्त्रका समस्या समाधान गर्न महासंघसँगको सहकार्य राष्ट्र बैंकका लागि पनि महŒवपूर्ण रहेको उनको भनाइ थियो । 

 जलविद्युत्मा लगानी बढाउन महासंघले सहजीकरण गर्ने
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको जलविद्युत् उत्पादनको प्रचुर सम्भावलाई यथार्थमा परिणत गर्न निजी क्षेत्रको तर्फबाट महासंघले सहयोग गर्न तयार रहेको बताएका छन् । दुईदिने ऊर्जा सम्मेलनको समापन कार्यक्रमलाई सम्बोधन गर्दैै उनले नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाउन लगानीकर्तालाई आह्वान गरेका हुन् ।

अध्यक्ष ढकालले नेपालले जलविद्युत् उत्पादनको अथाह सम्भावना बोकेको र पछिल्लो समय लगानीको वातावरणमा पनि सुधार हुँदै गइरहेको हुँदा यसलाई अवसरका रूपमा लिनुपर्ने उनको भनाइ थियो । ‘नेपालमा जलविद्युत्लगायत अन्य ऊर्जा उत्पादनको प्रचुर सम्भावना छ । सरकारको नीति र प्राथमिकता पनि लगानी सहजीकरण गर्ने नै छ,’ उनले भने, ‘हामीसँग नवउदीयमान विश्वका ठूला अर्थतन्त्र छिमेकमै छन् । त्यहाँको बढ्दो बजार र मागलाई सम्बोधन हुने गरी नेपालमा लगानी ल्याउनुहोस् । निजी क्षेत्रको तर्फबाट हामी तपाईंलाई सहजीकरण र सहयोग गर्न तयार छौँ ।’

नेपालले गत वर्ष भारतमा विद्युत् निर्यात गरी ११ अर्ब रुपैयाँ आर्जन गरेको जानकारी गराउँदै अध्यक्ष ढकालले बंगलादेशको बजारका लागि पनि सरकारी तहबाट सकारात्मक कुराकानी भइरहेको उल्लेख गरे । सरकारसहित सबै सरोकारवाला पक्षलाई लगानी बढाउनका लागि सहजीकरण गर्न र लगानीका लागि थप वातावरण बनाउन उनले आग्रह गरे ।