मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o बैशाख ६ बुधबार
  • Friday, 14 August, 2026
२o८o बैशाख ६ बुधबार १८:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बर्दियामा १२ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा, ७१ लाख राजस्व असुली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख ६ बुधबार १८:५२:oo

बर्दियामा ट्राफिक प्रहरीले सवारीसाधनको चेकजाँचमा कडाइ गरेपछि नौ महिनामा १२ हजार तीन सय ५२ सवारीसाधन कारबाहीमा परेका छन्। कारबाहीमा परेका सवारीसाधनबाट ७१ लाख ४१ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको छ।

चालू आर्थिक वर्षको फागुन मसान्तसम्म ट्राफिक कार्यालय बर्दियाले सो राजस्व संकलन गरेको हो। नियमविपरीत सवारीसाधन चलाएका चालकहरूलाई कारबाही गर्दा राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका वरिष्ठ प्रहरी नायब निरीक्षक ईश्वरी देवकोटाले बताए।

गत आर्थिक वर्ष ०७८/७९ मा १८ हजार सात सय ३८ वटा सवारीसाधनलाई कारबाही गरिएको थियो, जसबाट एक करोड तीन लाख ३१ हजार राजस्व संकलन गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष ०७७/७८ मा १७ हजार तीन सय ३९ वटा सवारीसाधनलाई कारबाही गरी एक करोड एक लाख ५९ हजार पाँच सय राजस्व संकलन गरिएको ट्राफिक कार्यालय बर्दियाको तथ्यांक रहेको छ। आर्थिक वर्ष ०७६-७७ मा ११ हजार दुई सय ३५ वटा सवारीसाधनलाई कारबाही गरी ६५ लाख दुई हजार राजस्व संकलन गरिएको थियो।

वरिष्ठ नायब निरीक्षक ईश्वरी देवकोटाले चेकजाँचको क्रममा सवारीसाधनले नियम उल्लंघन गरेको पाइए कारबाही गर्ने गरिएको बताउँदै  मादक पदार्थको सेवन गर्ने, कागजात लिएर नहिँड्ने, म्याद गुज्रेका कागजात बोक्ने, ओभरलोड सामान बोक्ने, ओभर स्पिडमा चलाउने, बढी यात्रु बोक्ने सवारीसाधनलाई कारबाही गर्दै आएको बताए।

ट्राफिक प्रहरी कार्यालयले सडक  दुर्घटना हुन नदिन ट्राफिक नियमको पालना गराउन विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। तर, सवारीचालकले ट्राफिक प्रहरी नदेख्दा नियमको उल्लंघन गर्दै आएको पाइन्छ। बर्दियामा दैनिक ५५/६० वटा सवारीसाधन नियम उल्लंघन गरेकोमा कारबाहीमा पर्दै आएका छन्। सबैभन्दा बढी ट्राफिक नियमको उल्लंघन गरेर कारबाहीमा पर्नेमा मोटरसाइकल चालकहरू रहेका छन्।