मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० बैशाख ६ बुधबार ११:०६:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मोटोपनको प्रमुख कारण अव्यवस्थित खानपान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० बैशाख ६ बुधबार ११:०६:००

अव्यवस्थित खानपान तथा जीवनशैलीले मोटोपन बढाउन भूमिका खेलेको छ । मोटोपनले धेरै रोग निम्त्याउने जोखिम रहन्छ । त्यसैले नियन्त्रण गर्न सजग हुनुपर्छ । आफ्नो हाइटअनुसार तौल छ वा छैन भन्ने जानकारी लिनु जरुरी छ । 

- हिजोआज बच्चैदेखि जंकफुड खाने चलन बढेको छ । मैदाबाट बनेका खानेकुरा खाँदा, होटेलका परिकार खाँदा मोटोपन हुने गर्छ । 

- विशेषगरी, टेबल वर्क गर्नेहरूको शारीरिक कसरत निकै कम हुन्छ । उनीहरू व्यायामका लागि पनि समय निकालिरहेका हुँदैनन्, जसकारण तौल बढ्न थाल्छ ।

- हाइपोथाइराइड भन्ने हर्मोन परिवर्तन हुँदा पनि मोटोपन हुन्छ । पछिल्लो समय अधिकांशलाई हाइपोथाइराइड हर्मोनको कमी हुँदा मोटोपन भएको देखिएको छ । यस्तो हर्माेनको असन्तुलनले मोटोपन निम्त्याउँछ । 

कसरी घटाउने ? 

दैनिक खानपानमा परिवर्तन ल्याउनुपर्छ । बाहिर तयार भएका र प्याकेटका खानेकुरा (जंकफुड) कम गर्नुपर्छ । मैदाबाट बनेका खानेकुरा सकेसम्म खानुहुन्न । 

- कार्बाेहाइड्रेटको मात्रा कम भएका खानेकुरा खानुपर्छ । झोलिलो र पोषक खानेकुरा धेरै खानुपर्छ । झोलिलो पदार्थ जुस, सुपलगायत धेरै खानुपर्छ । तेलमा तारेको, भुटेको खानेकुरा खानुहुँदैन । 

- हामीले शारीरिक क्रियाकलापलाई जोड गर्नुपर्छ । मर्निङवाक गर्ने, योग अभ्यास गर्ने, जिम जाने गर्नुपर्छ । त्यस्तै, स्विमिङ, साइक्लिङ गर्ने वा फुटसल, ब्याडमिन्टन, टेबलटेनिसलगायत खेल खेल्न सकिन्छ । 

- घरको सामान्य क्रियाकलापमा सक्रिय हुनुपर्छ । यसले शरीरलाई सन्तुलनमा राख्न सहयोग गर्छ । 

- पछिल्लो समय १६ घन्टे फास्टिङ पनि मोटोपन कम गर्ने प्रभावकारी विधि बनेको छ । आठ घन्टे फास्टिङमा पनि बेलुकीको खाना लाइट गर्नुपर्छ । यसले केही हदसम्म मोटोपन कम हुन्छ ।