१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format २o:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सेती खोँचमा खसेकी बालिकाको मृत्यु   

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:४४:oo

पोखराको बीच भाग भएर बग्ने सेती नदीको खोँचमा खसेर एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पोखरा ८ नागढुंगा बस्ने वर्ष १२ की स्मृति पराजुली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए।

पोखरा १५ सीताराम हाउजिङस्थित खाली चौरमा खेल्ने क्रममा चिप्लेर चौरमा रहेको चिरा (प्वाल) परेको खोँचमा दिउँसो करिब १४ः५० बजे खसेकी उनको साढे दुई घण्टापछि अचेत अवस्थामा उद्धार गरिएको थियो। 

उद्धारपछि उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो। अस्पतालमा लगेसँगै चिकित्सकले चेकजाँचका क्रममा उनलाई मृत घोषणा गरेको विकले जानकारी दिए।

बालिका खोँचमा खसेको खबर पाउनासाथ पुगेको नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै गण्डकी प्रदेश प्रहरी गणबाट गएको रेस्क्यु टोली र स्थानीयको सहयोगमा अचेत अवस्थामा उद्धार गरिएको थियो। मृतक पराजुलीसँगै उनका अन्य दुईजना साथी गरी तीनजना भएर चौरमा खेल्न गएका थिए।