१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस सिरहा
Invalid date format १५:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

Read Time : < 1 मिनेट
रासस, सिरहा
नयाँ पत्रिका
Invalid date format १५:४४:oo

सिराहामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। गोलबजार नगरपालिका–१ लमाडाँडामा गए राति नाच हेर्न गएका वेला हात्तीको आक्रमणबाट गोलबजार–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको ज्यान गएको हो।

नाच हेरेर फर्किने क्रममा गोलबजार– १ गुलरियामा एक्कासि हात्ती देखिएपछि अन्य साथीहरू भागेका थिए। तुलबहादुर भाग्न नसक्दा हात्तीको आक्रमणमा परेका वडा नं ३ का अध्यक्ष धनप्रसाद लामाले जानकारी दिए।

घटनालगत्तै पुगेको प्रहरी टोलीले हात्ती धपाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक डुपेन्द्रप्रसाद बुढाथोकीले जानकारी दिए। शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहान लगिएको छ।