
सिराहामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। गोलबजार नगरपालिका–१ लमाडाँडामा गए राति नाच हेर्न गएका वेला हात्तीको आक्रमणबाट गोलबजार–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको ज्यान गएको हो।
नाच हेरेर फर्किने क्रममा गोलबजार– १ गुलरियामा एक्कासि हात्ती देखिएपछि अन्य साथीहरू भागेका थिए। तुलबहादुर भाग्न नसक्दा हात्तीको आक्रमणमा परेका वडा नं ३ का अध्यक्ष धनप्रसाद लामाले जानकारी दिए।
घटनालगत्तै पुगेको प्रहरी टोलीले हात्ती धपाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक डुपेन्द्रप्रसाद बुढाथोकीले जानकारी दिए। शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहान लगिएको छ।