१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
आक्रमणमा संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिँदै प्रहरी । तस्बिर : रोयटर्स
रासस टोकियो
Invalid date format १३:१८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

जापानी प्रधानमन्त्रीमाथि आक्रमणको प्रयास

Read Time : < 1 मिनेट
रासस, टोकियो
नयाँ पत्रिका
Invalid date format १३:१८:oo

प्रधानमन्त्री फुमियो किसिदामाथि जापानको पश्चिमी भाग वाकायामामा आक्रणको प्रयास भएको छ। वाकायामा आयोजित एक चुनावी कार्यक्रममा मन्तव्य व्यक्त गर्न लागेका प्रधानमन्त्रीमाथि ‘स्मोक बम’ प्रहार भएको सरकारी समाचार समिति क्योदो तथा प्रसारण संस्था एनएचकेले जनाएका छन्।

प्रधानमन्त्रीमाथि कुनै चोटपटक नलागेको तथा उनलाई सुरक्षित रूपमा सकुशल कार्यक्रमस्थलबाट निकालिएको छ। प्रतिनिधिसभाको उपनिर्वाचनको समर्थन गर्ने कार्यक्रममा मन्तव्य व्यक्त गर्न मञ्चमा जान लागेका प्रधानमन्त्रीमाथि आक्रमण भएको हो। आक्रमणको आशंकामा प्रहरीले घटनास्थलबाट एकजनालाई नियन्त्रणमा लिएको छ। यद्यपि, प्रहरीले यसलाई पुष्टि गरे पनि थप जानकारी दिएको छैन। 

एक प्रत्यक्षदर्शीका अनुसार एक युवकले प्रधानमन्त्रीलाई लक्षित गर्दै केही फ्याँकेको देखेको तथा केही क्षणमै धुँवाको मुस्लोसहित ठूलो आवाजमा त्यो वस्तु विष्फोट भएको थियो। बम विष्फोटपछि कार्यक्रमस्थलबाट सर्वसाधारण भागेका दृश्य एनएचकेको प्रसारणमा देखिन्छ।

प्रधानमन्त्री किसिदाको लिबरल डेमोक्र्याटिक पार्टीका सदस्य हिरोसी मोरियामाले लोकतन्त्रको आधारस्तम्भ सुदृढ बनाउने चुनावी अभियानमा यस्ता घटना हुनु खेदजनक भएको बताउँदै त्यसलाई उनले अक्षम्य अपराध भनेका छन्। 

जापानमा हिंसात्मक घटना विरलै हुने गरेका छन्। तर, गत वर्ष चुनावी अभियानका क्रममा पूर्वप्रधानमन्त्री सिन्जो आबेको गाेली प्रहारबाट हत्या भएपछि राजनीतिक दलका नेतामा सुरक्षा चिन्ता बढेको छ।