१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o८:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

महासंघको तीन उपाध्यक्षमा ढकाल, श्रेष्ठ र वैद्य विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:१५:oo

नेपाल उद्योग वाणिज्य महासंघको तीन उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, हेमराज ढकाल र सुरकृष्ण वैद्य विजयी भएका छन् । श्रेष्ठ एसोसिएट, ढकाल वस्तुगत र वैद्य जिल्ला–नगरतर्फको उपाध्यक्षमा विजयी भएका हुन् ।

महासंघको नयाँ नेतृत्वका लागि ५७औँ वार्षिक साधारणसभाको अवसरमा बुधबार मतदान (चुनाव) भएको थियो । सोही चुनावमार्फत तीन उपाध्यक्षमा उनीहरू विजयी भएका हुन् । 

एसोसिएट उपाध्यक्षमा निर्वाचित श्रेष्ठले आठ सय ४६ प्राप्त गरिकी छिन् । उनी वरिष्ठ उपाध्यक्ष रामचन्द्र संघई प्यानलकी हुन् । उनी वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्यानलको साझा उम्मेदवार भरतराज आचार्यलाई ६५ मतले हराउँदै एसोसिएट उपाध्यक्षमा विजयी भएकी हुन् । आचार्यले सात सय ८१ मत प्राप्त गरेका थिए । 

वस्तुगत उपाध्यक्षमा निर्वाचित हेमराज ढकालले ६१ मत प्राप्त गरेका छन् । ढकाल वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ प्यानलका हुन् ।  उनका प्रतिद्वन्द्वी अञ्जन श्रेष्ठ प्यानलका मनीषलाल प्रधानले ५८ र  रामचन्द्र प्यानलका उम्मेदवार सुकन्तलाल हिराचनले सात मत प्राप्त गरेका छन् । 

यस्तै, जिल्ला–नगर उपाध्यक्ष निर्वाचित सुरकृष्ण वैद्यले ४३ मत प्राप्त गरेका छन् । उनी वरिष्ठ उपाध्यक्ष रामचन्द्र संघई प्यानलका हुन् । उनका प्रतिद्वन्द्वी अञ्जन श्रेष्ठ प्यानलका अरुणराज सुमार्गीले ३७ र उमेशलाल श्रेष्ठ प्यानलका दिनेश श्रेष्ठले ३४ मत प्राप्त गरेका छन् ।

ad
ad