१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २८ मंगलबार
  • Saturday, 21 September, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o७९ चैत २८ मंगलबार o६:o१:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आविष्कार केन्द्रले मर्मत गरेपछि ‘बायो ग्यास प्लान्ट’ सञ्चालनमा 

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o७९ चैत २८ मंगलबार o६:o१:oo

फोहोरबाट दैनिक १४ किलोवाट बिजुली उत्पादन गर्न सकिने

काठमाडौं महानगरपालिकाको ‘बायो ग्यास प्लान्ट’ मेसिन मर्मतपछि पुनः सञ्चालनमा आएको छ । दुई महिनाअघि राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गरिदिएपछि सात वर्षदेखि थन्किएको मेसिन एक साताअघिबाट प्रयोगमा आएको हो ।

रविनमान श्रेष्ठ, वातावरण विभाग प्रमुख, काठमाडौं महानगर
मेसिन आविष्कार केन्द्रले मर्मत गरिसकेको छ, अब यसमा फोहोर राखेर बिजुली उत्पादन गर्छौँ । ‘प्लान्ट चलाउन चाहिने बेलुन भारतबाट आयात गर्न लागेका छौँ ।

सञ्चालनमा आएसँगै प्लान्टमा फोहोरबाट बिजुली निकाल्न ‘कम्पोस्टिङ’ कार्य सुरु भएको छ । यसमा दैनिक आठ टन फोहोर अट्छ । प्लान्टबाट दैनिक १४ किलोवाट बिजुली उत्पादन गर्न सकिने महानगरको अनुमान छ ।

आविष्कार केन्द्रले दुई महिनाअघि प्लान्ट मर्मत गरिदिएपछि महानगरले सञ्चालनमा ल्याएको महानगरका वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । ‘मेसिन आविष्कार केन्द्रले मर्मत गरिसकेको छ, अब यसमा फोहोर राखेर बिजुली उत्पादन गर्छौँ,’ उनले भने, ‘प्लान्ट चलाउन चाहिने बेलुन भारतबाट आयात गर्न लागेका छौँ ।’ 

उनका अनुसार हाल प्लान्टमा फोहोर राखेर त्यसलाई बिजुली बनाउने तयारी गरिँदै छ । आविष्कार केन्द्रले भारतबाट खरिद गरेर एक साताभित्र बेलुन ल्याउनेछ । त्यसलगत्तै फोहोरबाट बिजुली उत्पादन हुनेछ । उनका अनुसार अहिले बिजुली उत्पादनकै लागि फोहोर जम्मा गरेर ‘कम्पोस्टिङ’ गर्ने कार्य भइरहेको छ । 

काठमाडौं महानगरमा फोहोर उत्पादन बढ्दै जान सक्ने अवस्थालाई मध्यनजर राख्दै ०७१ मा दाताको सहयोगमा बायो ग्यास प्लान्ट मेसिनभित्र्याइएको थियो । एक करोड ८६ लाख मूल्यको उक्त मेसिन ०७१ मा युरोपेली युनियन (इयू)ले महानगरको २० प्रतिशत र अन्य ८० प्रतिशत लागतमा खरिद गरिएको थियो ।

मेसिङबाट बिजुली, ग्यासलगायत नवीकरणीय ऊर्जा उत्पादन गर्न सकिन्छ । यसमा सहरभित्रको अधिकांश कुहिने फलफूलजन्य फोहोरलाई ‘कम्पोस्टिङ प्रविधिबाट’ बिजुली निकाल्न प्रयोग सकिन्छ । 

०७४ मा मेयरमा चुनिएलगत्तै विद्यासुन्दर शाक्यले बिजुली बालेर उद्घाटन गरेका थिए । परीक्षण गर्दा नौ किलोवाट क्षमताको बिजुली उत्पादन भएको थियो । उत्पादन गरिएको बिजुली टेकुस्थित महानगरको कार्यालय प्रयोजनमा प्रयोग गरिएको थियो । तर, लामो समयसम्म सञ्चालन नगर्दा प्लान्ट खिया लागेर बिग्रिएको थियो ।