१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

योगदानविना लामो समय सामाजिक सुरक्षा भत्ता बाँड्न सकिँदैन : अर्थसचिव राय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:१o:oo

अर्थ मन्त्रालयका सचिव तोयम रायले सरकारले अब योगदानविना लामो समय सामाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने बताएका छन् ।

आर्थिक पत्रकार संघसँगको भेटमा अर्थसचिव रायले बर्सेनि साधारण खर्च बढ्दै गएको भन्दै यस्तो धारणा राखेका हुन्। रोजगारीमा आबद्ध भएका हरेक नागरिक अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्नेमा उनले जोड दिए।

‘सामाजिक सुरक्षा कोषमा रोजगारीमा रहेकाले अनिवार्य रूपमा जानुपर्छ भनिएको थियो । सरकारले पनि पाँच लाख श्रमिक पुर्‍याउने भने पनि सकिएको छैन । ३० प्रतिशत रोजगारदाताको ३१ प्रतिशत योगदान हुनुपर्छ । ११ प्रतिशत श्रमिकले योगदान गर्नुपर्छ । अलि धेरै भयो भनिएको छ, तर जसरी भए पनि गर्ने नै हो । अब सरकारले लामो समयसम्म सामाजिक सुरक्षा भत्ता भनेर कुनै पनि योगदानविना सामाजिक सुरक्षा भत्ता जारी राख्ने अवस्थामा छैनौँ,’ उनले भने ।

सचिव रायले वर्तमान अवस्थामा देशमा राजस्व संकलनको अवस्था जटिल रहेको भन्दै राजस्व चुहावटको विषयमा सरकारले माफी दिन नसक्ने प्रस्ट्याए । उनले एक हजार सात सय किलोमिटर खुला सीमा रहेकाले १५ वर्षमा १८ प्रतिशतसम्म राजस्व चुहावट वृद्धि भएको जानकारी दिए ।